अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२
| Colorodo: 05:57
चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिनुभएको छ । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा उहाँले विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताउनुभयो ।
चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । त्यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ । ‘चीनमा कामको पुनस्र्थापना र आर्थिक तथा समाजिक विकासका लागि नयाँ कठिनाइ र चुनौतीहरु देखापरेका छन्,’ सिन्ह्वाले सीको भनाई उद्धृत गर्दै लेखेको छ ।
सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले बताएको छ ।