पाँच दशक संगीत क्षेत्रमा सक्रिय रहेका अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण प्राइनको ७३ वर्षको उमेरमा निधन भएको हो । प्राइनको परिवारका अनुसार गत महिना उनलाई कोभिड–१९ को लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
’यो खबर तपाईँहरुलाई सुनाउन गाह्रो छ । तर, तपाईँ जसले जोनलाई माया अनि साथ दिनुभयो, तपाईँहरुले खबर पाओस् भन्ने चाहन्थ्यौं । अझै उहाँलाई धैरै साथ र सहयोग दिने मौका हजुरहरुलाई दिन चाहन्छौं । तपाईँहरुलाई थाहै नै छ हामी तपाईँलाई प्रेम गर्छौं, अनि जोनले पनि’ उनका परिवारले भनेका थिए । ग्रामी अवार्ड जितेका प्राइनलाई ७० बर्षको हुँदा क्यान्सर लागेको थियो ।
सिकागोमा हुर्केका प्राइनको संगीत यात्राले सन् १९७० मा उचाइ लिएको थियो । त्यसबेला उनी सिकागोका नाइटबारमा गीत गाउँथे । विस्तारै उनले दर्शकको मन जित्न थाले । उनको पहिलो एल्बम सन् १९७१ मा सार्वजनिक भएको थियो । उनका चर्चित गीतहरुमा ’प्याराडाइज’, हेल्लो इन दियर’, ’स्याम स्टोन’ लगायतका रहेका छन् ।