अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 03:14

चीन र बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्यो

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:२० मा प्रकाशित

चीन र बेलायतमा कोरोना भाइरस कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो । चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो ।

चीनले यो भाइरस निस्किएको सहर वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिकरुपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो । भोलिदेखि वुहानको लकडाउन पूर्णरुपमा खुल्नेछ । यो सहर भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको सहर हो । आज सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिस हुन् ।

यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् । त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू