अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 05:43

कोरोना संक्रमीत मृतकका कारण न्यूयोर्कमा अस्पतालका शवगृह भरिए , सार्वजनिक स्थानमा आपतकालीन शवगृह बनाइदै

विश्वन्युज २०७६ चैत २४ गते २३:३९ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछी न्यूयोर्क सिटीका अस्पतालहरु मृतकका शवले भरिएका छन् । जसका कारण त्यहाँका अधिकारीहरुले शवलाइ तत्कालका लागि सार्वजनिक स्थानमा राख्ने  निर्णय गरेका छन्  । मृतकको अत्यधिक संख्याका कारण शवदाह गर्न पालोमा राख्नु पर्ने अवस्था आएमा उक्त विकल्प अपनाउने निर्णयमा अधिकारीहरु पुगेको बताइएको छ ।

न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले सिटी स्थित अस्पतालहरुका शवगृह सार्वजनिक स्थानमा शव राख्ने ठाउँ बनाउने बताउनुभएको न्यूयोर्क टाइम्सले जनाएको छ।

सोमबार विहान सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालिन शवगृह बनाउने संकेत गर्नुभएको थियो । मेयर ब्लाजियोले पार्कमा शवगृह बनाउने भन्ने भनाइ लाई भने अश्विकार गर्नुभएको छ। उहाका प्रेस सेक्रेटरीका अनुसार त्यस्तो वाध्यता आइलागे सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शब थान्को गर्ने व्यवस्था मिलाउने छ ।

न्यूयोर्क सिटीमा अहिलेसम्म ७२ हजार कोरोना भाइरसबाट संक्रमित भइ सकेका छन् भने तीन हजार पाँच सयले ज्यान गुमाइ सकेका छन्  ।
-साभार: ( विश्वन्युज)

प्रतिक्रिया