अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च भयोः स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:०९ मा प्रकाशित

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च भउको बताउनुभएको छ । अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडि बढ्न नीजि क्षेत्रले गरेको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकाल बताउनुभयो ।

नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री ढकालले प्राप्त साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको मनोबल माथि उठाउन सहयोग पुर्याएको उल्लेख गर्नुभयो ।

फाउण्डेशनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको हो । थ्री एम एन ९५ मास्क २ हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्प्लिट सेट १ हजार थान उपलब्ध गराएको हो । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालले चैत मसान्तसम्म सबै विरामीलाई उपचारमा २० प्रतिशत छुट दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय