अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 02:08

कोभिड १९ कारण सार्क राष्ट्रमा १ सय ६० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २३ गते ७:०२ मा प्रकाशित

विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रमा अहिलेसम्ममा १ एक सय ६० जनाको मृत्यु भएको छ । यस क्षेत्रका झण्डै ७ हजार मानिसमा कोरोनाको संक्रमण भएको छ । सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा हालसम्म ९९ जना मानिसको मृत्यु भइसकेको छ । करिव ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ । भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक पाकिस्तान बनेको छ । त्यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भएको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू