अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 18:56

कोरोना भाइरस – ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो, अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२१ मा प्रकाशित

विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् । १ सय ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण ७ लाख २२ हजार ८८ मानिस सङ्क्रमित भएकामा १ लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ५ लाख ३६ हजार ३ सय ४६ जनाको उपचार भइरहेको छ भने ३३ हजार ९ सय ७६ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटलीमा १० हजार ७ सय ९९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ८सय ३ पुगेको छ ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४२ हजार ७० जनामा कोरोना भएको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू