अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 19:07

विश्वभर कोरोनाबाट करिब ३२ हजारको मृत्यु, ६ लाख ८३ हजारभन्दा बढी संक्रमित, इटालीमा १० हजार बढीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १६ गते ७:३६ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म करिब ३१ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । नेपाली समयअनुसार आइतबार साँझ सम्म कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ८३ हजार ४ सय २० पुगेको छ ।

संबैभन्दा बढी इटालीमा कोरोनाबाट १० हजार २३ जनाले ज्यान गुमाउँदा ६ हजार ५२८ जनाको मृत्यु भएको स्पेन दास्रो स्थानमा छ । भाइरस उत्पत्ति भएको चीनमा ३३ सय जनाको मृत्यु हुँदा भाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको अमेरिकाका २२ सय २९ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।

इरानमा २६ सय ४०, फ्रान्समा २३ सय १४, बेलायत १ हजार २ सय २८, नेदरल्याण्ड्स ७ सय ७१, जर्मनी ४ सय ५५, बेल्जियम ४३१, स्वीट्जरल्याण्ड २९० जनाको मृत्यु भएको छ । चीनले आफ्नो देशमा नयाँ संक्रमण हुन रोकेको छ भने भाइरस उत्पत्ति भइ फैलिएको वुहानमा क्रमशः जीवन सामान्यतर्फ ल्याउन थालेको छ ।

भाइरस संक्रमणको नयाँ इपिसेन्टर बन्दै गरेको अमेरिकामा करिब १ लाख २४ हजार संक्रमित बनेका छन् । इटालीमा करिब ९३ हजार, चीनमा करिब साँढे ८१ हजार, स्पेन ७३ हजार, जर्मनी ५७ हजारभन्दा बढी, फ्रान्समा साढे ३७ हजार, इरान ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू