अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५
| Colorodo: 07:00
अस्ट्रेलिया, अस्ट्रेलियामा जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सिड्नीमा ४ जना र मेलबर्नमा २ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
५.२३ मिलियन जनसंख्या रहेको सिड्नीमा १ जना नर्सिङ होममा काम गर्ने सहायक नर्स र ३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू अहिले आइसोलेसनमा रहेका जनाइएको छ भने ग्रान्भिल सहरमा बस्ने १ जनामा कोरोना देखिएपछि सँगै बस्ने अन्य २ जनामा पनि देखिएको बताइएको छ । त्यस्तै, मेलबर्न सहरमा पनि एकै परिवारका तिन जनाको कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अस्ट्रेलियामा अहिले सम्म १४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ भने ३ हजार ६३५ लाई संक्रमण लागेको छ । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।