अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६
| Colorodo: 07:41
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको हो ।
गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ । कोरोनाका कारण विश्वव्यापी रुपमा २४ हजार ७३ जनाको मृत्यु भइसकेको छ ।
५ लाख २६ हजार संक्रमितमध्ये एक लाख २१ हजार जना उपचारपछि घर फर्किएका छन् ।यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले महामारी नियन्त्रणका लागि लकडाउन गर्न दिएको सुझाव अमेरिकाले अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा लकडाउन नगर्ने घोषणा गरेलगत्तै संक्रमितको संख्या बढ्न थालेको बताइएको छ ।