अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१
| Colorodo: 08:56
टेक्सस– अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा बस्दै आएका दुई नेपालीमा करोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्थानीय सामाजिक अभियन्ता देवराज न्यौपानेले ग्यास स्टोरमा काम गर्ने दुई नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनीहरूको नाम भने गोप्य राखिएको छ ।
उनले सामाजिक सञ्जालमा पोस्ट गदै एउटै कोठामा बस्दै आएका पा“च जना नेपाली मध्य दुई जनामा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । सङ्क्रमित मध्ये एक जनाको निमोनियाको स्टेज भएकोले उपचार भइरहेको छ । भने थप एक जनालाई अस्पताले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि घर पठाइदिएको गराइरहेको न्यौपानेले बताएका छन् । टेक्ससमा पनि करोनाभाइरस संक्रमण बढ्दै गएपछि नेपालीहरूमा त्रास बढेर गएको छ । केही नेपालीमा संक्रमण देखिए पनि यसबारेमा नेपाली निकायहरूले आधिकारिकता पुष्टि गरेका छैनन् ।
साभार: युसनेपाल पोस्ट