अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४
| Colorodo: 13:29
कतार सरकारले कोभिड १९ –कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन आजदेखि सार्वजनिक स्थलमा जमघट गर्न रोक लगाएको छ । कतार सरकारको उच्चस्तरीय संकट ब्यवस्थापन समितिले सार्वजनिक पार्क, समुन्द्री किनारा तथा कर्निस क्षेत्रमा भेटघाट गर्न रोकेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यी स्थानमा जमघट गरेको पाइएमा कानुनी कारबाही गरिने सरकारले जनाएको छ । कतार सरकारले नीजि सवारी साधानमा सवारी चालकबाहेक अन्य ब्यक्ति सवार गर्न पनि रोक लगाएको छ । यसलाई प्रभावकारी कार्यान्वयन गराउनका लागि घुम्ती प्रहरीलाई खटाइएको छ ।