अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 13:32

उत्तर कोरियाद्वारा दुईओटा क्षेप्यास्त्र प्रक्षेपण

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:०४ मा प्रकाशित

उत्तर कोरियाले शनिबार छोटो दूरीको दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनाकाअनुसार सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो । ती क्षेप्यास्त्र ४१० किलोमिटरसम्म उडेको र ५० किलोमिटरको उचाइमा पुगेको दक्षिण कोरियाली सेनाको भनाइ छ ।

जापानले आफ्नो सीमाबाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ । विश्व ‘कोरोनाभाइरस’ संक्रमणसँग जुझिरहेको बेला गरिएको परीक्षण अत्यन्त अनुचित भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले अप्रिल १० मा संसदको भेला गर्ने घोषणा गरेको छ । जसका लागि देशभरबाट ७०० नेताहरू एकै स्थानमा भेला हुने छन् ।

उत्तर कोरियामा कोरोनाको संक्रमण छैन । तर, केही विज्ञहरू जानकारी लुकाइएको हुनसक्ने अनुमान गरेका छन् । चीन र दक्षिण कोरियासँग उत्तर कोरियाको सीमा जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू