अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 12:52

‘कोरोना’ कहरः श्रीलंकामा चारदिने कर्फ्यु

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:३२ मा प्रकाशित

श्रीलंकाले ‘कोरोनाभाइरस’को संक्रमण रोक्न भन्दै शुक्रबार साँझदेखि लागू हुनेगरी चार दिनका लागि देशभर कर्फ्यु जारी गरेको छ । कोरोनाभाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु जारी भएसँगै सर्वसाधारण घरबाट निस्कन पाउने छैनन् । महत्वपूर्ण सेवाहरूमात्रै सुचारू हुनेछन् । श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू फेला परेका छन् ।

यसअघि, श्रीलंकाले सबै अन्तर्र्रािष्ट्रय उडानहरू बन्द गरेको थियो । गत बिहीबार श्रीलंकाले संसदीय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू