अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 12:55

कोरोना भाइरस प्रभावितलाई पेड सिक लिभ

बिआरटीनेपाल २०७६ चैत ६ गते २१:५८ मा प्रकाशित

डेनभर । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस प्रभावितलाई राहत दिने तलबी बिदा सम्बन्धी कानुनमा हस्ताक्षर गरेका छन् । फेमिलिज फर्स्ट कोरोना भाइरस एक्ट अनुसार कोरोना भाइरस प्रभावितले बेरोजगार बस्नु परेबापत पेड सिक लिभ अन्तर्गत नगद राहत पाउने छन् ।
त्यस्तो राहत सबैले पाउने छैनन् ।

राहत पाउन कोरोना भाइरस लागेको वा क्वारेन्टाइनमा बसेको हुनु पर्नेछ । वा, कोरोना भाइरस लागेका परिवारका सदस्यलाई हेरचाह गरेको हुनुपर्नेछ । विद्यालय बन्द भएर विद्यालय जान नसकेका बालबालिका हेरचाह गरेका मानिसले पनि १२ हप्ताको पेड सिक लिभ पाउने छन् ।

कोरोना भाइरस लागेर बिरामी भएका वा कोरोना भाइरस पोजिटिज भएकाले प्रतिदिन ५ सय ११ डलर पाउने छन् । कोरोना भाइरस प्रभावितलाई हेरचाह गरेकाले प्रति दिन २ सय डलर पाउने छन् । त्यस्तै विद्यालय बन्द भएका बालबालिका हेरचाह गर्नेले दैनिक २ सय डलर पाउने छन् ।

कोरोना भाइरस पेड सिक लिभ साना र मध्यम आकारका कम्पनीमा काम गर्ने, सरकारी कर्मचारी र कम्तीमा ३० दिन नियमित रोजगारी गरेका मानिसले पाउने छन् । पेड सिक लिभ ५० वा सोभन्दा कम कामदार भएका साना कम्पनीका हकमा भने लागू नहुन सक्छ । आर्थिक नोक्सानी हुनसक्ने वा नोक्सानका कारण बन्द हुनसक्ने भएकाले त्यस्ता कम्पनीलाई जोगाउन पेड सिक लिभ बाध्यकारी नबनाइएको हो । पेड सिक लिभ दिने कम्पनीलाई ३ महिनाभित्र पेड सिक लिभ बापत खर्च भएको रकम पेरोल वा ट्याक्स क्रेडिटमार्फत फिर्ता गरिने छ ।

पेड सिक लिभ पार्ट टाइम काम गर्ने र स्वरोजगारले पनि पाउने छन् । तर, पेड सिक लिभ सबैले पाउन छैनन् । जस्तो ५ सय वा सोभन्दा बढी कामदार भएका कम्पनीमा काम गर्ने मानिस र पेड सिक लिभसम्बन्धी छुट्टै नीति वा हितकारी व्यवस्था भएको कम्पनीमा काम गर्ने मानिसले पेड सिक लिभ पाउने छैनन् । पेड सिक लिभसम्बन्धी कानुन डिसेम्बर ३१ सम्मका लागि हो ।

त्यसबाहेक राष्ट्रपति ट्रम्पले हरेक अमेरिकनलाई २ हजार डलर नगद राहत दिने योजना बनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू