अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 11:16

संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको सांसद्हरुको आरोप

बिआरटीनेपाल २०७६ चैत ४ गते ९:०८ मा प्रकाशित

सरकारले हालै ल्याएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि मंगलबार संघीय संसदअन्तर्गत् विधायन व्यवस्थापन समितिमा दफावार छलफल भएको छ । समितिमा सदस्यहरुले विधेयकले नागरिकको मौलिक हक र स्वतन्त्रता कुन्ठित हुनसक्ने बताएका छन् । विधेयकमा मौलिक हकलाई निस्तेज गर्ने खालका प्रावधानहरु पनि रहेको भन्दै उनीहरुले त्यसलाई हटाउन माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको आरोप लगाउनुभयो । छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले राज्यविरुद्ध हुनसक्ने कुनैपनि जासुसी क्रियाकलाप र भड्काउयुक्त गतिविधि नियन्त्रण गर्न नयाँ कानुनी व्यवस्थाले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय हित र सुरक्षाका विषयमा रक्षात्मककार्य गर्न संशोधित विधेयकले मार्गप्रशस्त गरेको उहाँको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय