अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९
| Colorodo: 00:44
इटालीयन फुटबल संघले आसन्न युरोकप फुटबल प्रतियोगिता पर सार्न आग्रह गरेको छ । इटालीयन एफ.ए.ले युरोपियन फुटबलको सर्वोच्च निकाय युएफालाई पत्राचार गर्दै युरोकप फुटबल पर धकेलेर सो समयमा घरेलु लिगका खेलहरु सकाउन आग्रह गरेको हो ।
युरोकप फुटबल यसै वर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न देशहरुमा आयोजना गर्ने तय भएको थियो । तर कोरोनाभाईरसको संक्रमणले युरोपियन देशहरु थलिएपछि सबै खेलकुद प्रतियोगिताहरु स्थगित गरिएका छन् ।
युरोकपबारे छलफल गर्न युएफाले भोलि भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । सोही बैठकबाट प्रतियोगिता सारिएको निर्णय गराउन इटालीले आग्रह गरेको हो । विश्वभरका ठूला तथा साना खेलकुद प्रतियोगिताहरु स्थगित भईरहँदा जापानमा हुने टोकियो ओलम्पिकबारे भने अन्तिम निर्णय हुन बाँकी छ ।