अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३०
| Colorodo: 06:45
कोरोना भाइरसका कारण इटालीमा मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृत्यु भएको हो । उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् ।
मार्च ७ देखि कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण फोक्सोको संक्रमण भएको जनाइएको छ । यो नगर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ ।
इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै संक्रमित छन् ।