अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 06:52

स्पेनमा साढे ४ करोड क्वारेन्टाइनमा, प्रधानमन्त्री पत्नी कोरोना संक्रमित

बिआरटीनेपाल २०७६ चैत २ गते ९:०९ मा प्रकाशित

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई कोरोना संक्रमण भएको छ । परीक्षण गर्दा बेगोनालाई कोरोना पोजेटिभ देखिएको स्पेनिस स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका हुन् । दुई जना मन्त्रीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मन्त्रीमा इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् ।

प्रधानमन्त्री सान्चेसले कोरोनाको संक्रमण बढेकाले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताउनुभएको छ । उहाँले यो व्यवस्था दुई सातासम्म रहने बताउनुभयो ।

नियम उल्लंघन गर्नेलाई ३ महिनादेखि १ वर्षसम्म जेल सजायँ र पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुने चेतावनी पनि दिइएको छ । सरकारले शुक्रबारदेखि नै मुलकभर संकटकाल घोषणा गरेको छ । युरोपमा इटालीपछि स्पेन कोरोनाबाट बढी प्रभावित छ । स्पेनमा १९६ मृत्यु भैसकेको छ भने ६ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

त्यहाँ रहेका नेपालीमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू