अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३
| Colorodo: 03:08
कोरोना भाइरस कोभिड–१९ को अत्याधिक प्रभाब देखिएको चीनमा जनजीवन सामान्य बन्दै गएको छ । कोरोना भाइरस संक्रमितको संख्या घटेपछि चीनमा जनजीवन सामान्य बन्दै गएको हो । केही दिनअघिसम्म दैनिक हजारौं कोरोना भाइरस संक्रमित बिरामी थपिने चीनमा अहिले यो संख्या नगन्य भएको छ ।
चीन सरकारले लक डाउन अर्थात बन्द गरिएका क्षेत्र क्रमशः खुलाउँदै लगेको छ भने कामदार पनि काममा फर्किन थालेका छन् । हिजो चीनमा मात्र २५ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए । केही साताअघि तुलनामा कोरोना भाइरस संक्रमितको संख्या चीनमा घटेको छ ।