अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५
| Colorodo: 11:40
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार वलियो र जनताको विश्वासिलो भएको कारणले गर्दा नै जनताको भाग्य र भविष्य यही सरकारले वदल्न सक्ने विचार व्यक्त गर्नु भएको छ । शनिबार पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उहाँले जनताको एक मात्र सम्वाहक नेकपा सरकार भएको समेत जिकिर गर्नु भयो ।
यद्धपि सरकारको काममा अझै गति नपुगेको र तीब्रताका साथ काम गरेर जनताको विश्वास जित्न बाँकी नै रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । मन्त्री ज्ञवालीले नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा पहिल्यैदेखि कोरिदै आएको पनि बताउनुभयो ।
तर, उहाँले कसैले आवाज उठाउन नसकिरहेको अवस्थामा अहिले आएर भरपर्दो र विश्वासिलो सरकार आएकै कारण लिपुलेक र लिम्पियाधुराको बारेमा नेपालले आवाज उठाउन सकेको दाबी पनि गर्नुभयो ।
