अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४
| Colorodo: 11:59
धनुषामा घरेलु विषाक्त मदिरा सेवनबाट कम्तीमा ५ जनाको मृत्यु भएको छ । स्थानिय क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएको जानकारी दिनुभएको छ । मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको गाउँलेले बताएका छन्।
स्थानीय रामगुलाम महराका अनुसार मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।
मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक रहेको छ। दुवै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु दुवैलाई भेन्टिलेटरमा राखिएकोे अस्पतालले जनाएको छ।
