अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 00:39

कोरोना भाइरस विश्वव्यापी महामारी – विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७६ फागुन २९ गते ९:१२ मा प्रकाशित

चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गर्नुभएको हो । उहाँले कोभिड १९ को महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह समेत गर्नुभएको छ ।

चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उहाँले बताउनुभयो । विश्वभर ४ हजार भन्दा धेरै मानिसहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू