अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६
| Colorodo: 00:41
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गर्नुभएको छ । टेलिभिजन सम्बोधनमार्फत उहाँले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप यो घोषणा गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले युरोपेली मुलुकहरुबाट अमेरिकाका लागि गरिने सबै हवाई उडानमा एक महिनाका निम्ति रोक लगाएको बताउनुभयो । तर यो नियम बेलायतको हकमा भने लागु हुने छैन । अमेरिकी राष्ट्रपतिले कोरोनाबाट प्रभावित साना लगानीका व्यवसायलाई अर्बौ डलर सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । करमा सहुलियत दिने उपायबारे निर्णय लिन उहाँले संसदसमक्ष आग्रह समेत गर्नुभयो ।
ट्रम्पले अमेरिकी जनताको सुरक्षा र जीवन रक्षाका लागि सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता जनाउनुभयो । अमेरिकामा कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ भने ११ सय ३५ जना संक्रमित भेटिएका छन् ।