अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६
| Colorodo: 00:51
चीनले नोबल कोरोनाभाइरस (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको दावी गरेको छ ।आफ्नो देशमा यो भाइरसको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दावी गर्नुभएको हो । उहाँका अनुसार अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ ।
बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता फेङले अहिले चीनमा संक्रमितको संख्या घट्दै गइरहेको र समग्रमा महामारीको अवस्था न्यून रहेको जानकारी दिनुभयो । नोबोल कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको उहानमा नै संक्रमितको संख्या एकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको उहाँको भनाइ छ ।
हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको र ति मध्ये पनि ६ जना विदेश यात्राबाट आएकाहरु रहेको प्रवक्तालाई उधृत गर्दै सिह्न्वा नेटले उल्लेख गरेको छ ।