न्यु योर्क, कार्यक्रममा वालुङ कम्युनिटीका अध्यक्ष छिरिङ तोपग्याले टिबेट र नेपालको सिमानामा बसोबास गर्ने वालुङ समुदाय भएको दर्साउनुभयो । जुन ठाउँ ताप्लेजुङ जिल्ला वालुङ गाउँपालिकामा पर्छ भन्नुभयो । त्यसै गरी वालुङमा एउटा ऐतिहासिक गुम्बा डिकी छ्योलिङ भएको जुन गुम्बा नेपालकै दोस्रो गुम्बाकोरुपमा चिरपरिचित भएको जानकारी गराउनु भयो । जुन डिकी छ्योलिङ गुम्बामा वर्षमा ४ पटक विभिन्न सांस्कृतिक झल्काउने कार्यक्रम हुन्छ । जसमा पूजापाठ पनि गर्ने चलन छ । जसमध्ये फुटुक चाहिँ विशेष रूपमा मनाइने चलन छ । जुन समयमा गाउँलेको मात्र नभई देश भरी र विदेशबाट पनि ठुलो सङ्ख्यामा उपस्थित हुन्छ । जसमा भक्तजन र एउटा रमाइलो चाडकोरुपमा पनि विशेष भेला जुन ठाउँमा भव्य रूपमा हुने गर्दछ । यो एउटा विशेष कार्यक्रम भएकोले गर्दा लामाहरुले छाम नाच प्रस्तुत गर्ने चलन छ । र गाउँलेहरू पनि भेला भएर आफ्नो नृत्यहरू देखाउने चलन छ । जुन कार्यक्रम तीन दिनसम्म चलिरहन्छ । जुन ३ दिनमा देश विदेशबाट आउने र गाउँमा भएका सबै एकै ठाउँमा निभिन तरिकाबाट रमाइलो गर्ने र आफ्नो चाड मनाउने र संस्कृति झल्काउने गरिन्छ भन्नुभयो ।
वालुङ कम्युनिटी यु.एस.ए ले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रस्टी बोर्ड तयार भएको र जुन बोर्डले तीव्र रूपमा आर्थिक सङ्कलन गर्न अघि बढेको दर्साउनु भयो । अब चाँडै ट्रस्टी बोर्डको साथमा वर्तमान कार्यसमिति घरदैलो कार्यक्रम गरेर जति सक्दो चाँडो धेरै भन्दा धेरै आर्थिक सहयोग सङ्कलन गरी अमेरिकामा गुम्बा स्थापना गर्नको लागि पर्ने प्रतिबद्धता अध्यक्ष छिरिङ तोपग्यालले गर्नु भयो ।
विदेशको बसाई भएकोले गर्दा आफ्नो भाषा, धर्म र संस्कार संस्कृति आउने भावी पिँडीले भुल्दै गएको कारणले गर्दा जति सक्दो चाँडो बच्चाहरूको लागि क्लास सञ्चालन गर्ने अध्यक्ष छिरिङ तोपग्यालले कार्यक्रममा प्रतिबद्धता जाहेर गर्नु भयो । र नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रूपमा मनाउने प्रस्ट पार्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुसी व्यक्त गर्नुभयो । हालै कोरोना भाइरस कारण समस्या बढ्दै गएकोमा सबैलाई सचेत हुन पनि आग्रह गर्नुभयो । visit Nepal-2020 बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत् रहेको र खाली समय परिस्थिति बस पछि हुने भएकोले सबैले सम्भव भए र सकेको सहयोग गर्नको लागि अपिल गर्नको लागि अपिल गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले लोसार कार्यक्रम नयाँ सालको आगमनमा हुने भएको र यस कार्यक्रममा सबैको भाइचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध एक भएर हामी नेपाली अगाडि बढ्ने अवसर भएको र विदेशमा भए पनि हाम्रो पहिचान विविधतामा एकताको सन्देश जाने अवसर मिलेको भन्दै आउने नेपाल महोत्सव हामी सबै नेपाली समुदाय एक भएर सफल पार्नमा सहयोगको लागि आव्हान गर्नुभयो । कार्यक्रममा संस्थाको उपाध्यक्ष लाक्पा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने, संस्थाको सचिव डन्डु शेर्पाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको बिचमा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।