अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 22:59

कोरोना भाइरस सम्बन्धी ‘डब्ल्यूएचओ’को सुझाव – ‘आतंकित नबनौं, सावधानी अपनाऔं’

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२५ मा प्रकाशित

कोरोना भाइरस ‘कोभिड(१९’ ले विश्वभर त्रास फैलाएको छ । ८५ भन्दा बढी देशमा संक्रमण देखिएको छ, भने हालसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् । प्रकोप विश्वव्यापी बन्दै जाँदा भाइरससँगै विभिन्न भ्रम र हल्लाका कारण पनि त्रास बढेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैलाएको भन्दै भ्रम हटाउन १५–बुँदे सुझाव सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट कोरोना भाइरसका सन्दर्भमा भ्रम र त्रास पैदा भएपछि विश्व स्वास्थ्य संगठन स्वयंले १५ बुँदे सुझाव सार्वजनिक गरेको हो ।

डब्लुएचओले सार्वजनिक गरेको सुझावहरु –

१.चिसो मौसम र हिउँले कोरोना भाइरस मार्दैन बरु भाइरसबाट जोगिन पटक–पटक हात धुनुपर्छ ।

२.तातो पानीले कोरोनाबाट नजोगाउने भएकाले पटक–पटक हात धुनु नै उपयुक्त उपाय हो ।

३.नयाँ कोरोना भाइरस चीनमा उत्पादित सामग्रीबाट सर्दैन ।

४.कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ भन्ने हल्ला मात्रै स्वासप्रस्वासजन्य भाइरसबाट सरेकोले मास्क लगाउनुपर्छ ।

५.ह्यान्ड ड्रायरले कोरोना भाइरस नमर्ने भएकाले ह्यान्ड सेनिटाइजरको प्रयोग उत्तम उपाय ।

६.अल्ट्रा भायोलेट डिसइन्फेक्सन ल्याम्पले कोरोना मार्नुको सट्टा छालामा समस्या ल्याउने हुँदा प्रयोग नगरौं ।

७.थर्मल डिटेक्टरले सामान्य बिरामी पत्ता लगाउने भएपनि कोरोना संक्रमित पत्ता लगाउन सक्दैन ।

८.शरीरभर अल्कोहल र क्लोरिन छर्कँदा कोरोनाभाइरस मार्न सकिँदैन ।

९.घरेलु जनावरबाट कोरोना सरेको पुष्टि नभएपनि जनावरसँगको सम्पर्कपछि हात धुनु उचित हुन्छ ।

१०.कोरोना भाइरस नयाँ भएकाले भ्याक्सिन बन्ने क्रममा छ । त्यसैल निमोनियाविरुद्धको भ्याक्सिनले कोरोनाबाट जोगाउने हल्ला गलत हो ।

११.नाक सफा गर्नाले कोरोनाको संक्रमण हुन नसक्ने र स्वासप्रस्वास प्रक्रियाको संक्रमण रोकिन्छ ।

१२.लसुनको सेवनले कोरोना रोकथाम हुने कुनै पनि पुष्टि भएको छैन । जीवाणु मार्ने गुण भएकाले सेवन गर्दा फरक पर्दैन ।

१३.कोरोनाभाइरसले वृद्धवृद्धालाई असर बढी गरेको देखिएको छ । तर, सबै उमेर समूहकाले भाइरसबाट जोगिने उपाय अपनाउनुपर्छ ।

१४.एन्टिबायोटिकले ब्याक्टेरिया नियन्त्रण गर्ने भएकाले कोरोना संक्रमितमा एन्टिबायोटिक प्रयोग गर्नुहुँदैन ।

१५.कोरोना रोकथाम र उपचारका विशेष औषधि नभएकाले कुनै पनि औषधि पत्ता लागेको समाचार गलत हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू