अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११
| Colorodo: 22:26
कोरोनाभाइरसको कारण स्पेनमा एकजनाको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्ति नेपालको भ्रमण गरेर फर्किएको डेलिमेलमा प्रकाशित समाचामा छ ।
उनको मृत्यु २० दिनअघि नै भएको भए पनि उनको के कारण मृत्यु भएको जानकारी गराइएको थिएन । उनी नेपाल घुमेर फर्किएको र कोरोनाभाइरसकै कारण मृत्यु भएको भालेन्सिया अस्पतालकाले जनाएको छ ।
स्पेनमा पनि कोरोनाभाइरसका केही बिरामी फेला परेका छन् । स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ । ४६ जना मड्रिडमै रहेको बताइएको छ ।