अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८
| Colorodo: 14:53
अमेरिकाको न्यासभिल आसपासका क्षेत्रमा आएको समुन्द्री आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । केही मानिस हराइरहेका छन् । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।
आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत सेवा पनि बन्द भएको छ । आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् । सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो ।
यसैबीच चुनावी अभियानमा रहेका राष्ट्रपति डोनल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको भ्रमण गर्ने बताउनुभएको छ ।