अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 11:11

अमेरिकामा नेपाली भाषालाई थप मान्यता

बिआरटीनेपाल २०७६ फागुन १८ गते १०:२३ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिकामा अहिले नेपाली भाषीहरूको जनसङ्ख्या पाॅंच लाख भन्दा बढी रहेको मानिन्छ । तर आधिकारिक रूपमा आँकडा नभएकोलेतथा कागजपत्र विहीनहरूको कुनै रेकर्ड नहुने हुनाले यो सङ्ख्या पाॅंच लाखभन्दा बढी नै भएको भन्नेहरू पनि पाइन्छन् ।

नेपालीको जनसङ्ख्या बृध्दीसॅंगै नेपाली भाषालाई मान्यता दिलाउने, नेपाली भाषालाई आधिकारिक भाषाको रूपमा प्रयोगका लागि पहल गर्ने काम सुरु भएका छन् । यसै क्रममा केही अमेरिकी राज्यहरूमा नेपाली भाषामा परीक्षा दिन पाइने भएको छ । त्यसै गरी अमेरिकाको१७२ वर्ष पुरानो नेशनल लाइफ ग्रुपले नेपाली भाषामा पहिलोपल्ट प्रकाशित गरेको जानकारीमूलक पुस्तिका अमेरिकाका लागि नेपाली राजदूत ड.अर्जुनकुमार कार्कीले एक समारोहका बिच विमोचन गर्नु भयो । विमोचन पश्चात् उहाॅंले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेशनल लाइफ ग्रुपका उपाध्यक्ष जेनिफर बार फिल्डले सन् १८४८ मा स्थापित नेशनल लाइफ ग्रुपले नेपाली समुदायलाई महत्त्व दिंदैनेपाली भाषामा प्रकाशित गरेको बताइन् ।

स्मरणीय छ, सो कम्पनीमा संस्थागत रूपमा प्रवेश गर्ने प्रथम नेपाली अनुभव गिरी हुन् र उनकै पहलमा नेपाली भाषामा प्रकाशन हुन सम्भव भएको हो ।

सो अवसरमा अमेरिकामा नेपाली सङ्गीत तथा नृत्य प्रवर्धन गरिरहेको केसी डान्स सेन्टरका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सुरुमा तिनै कलाकारहरूले अमेरिका तथा नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए । सो अवसरमा भिजिट नेपालद्वारा निर्माण गरेको नेपाल प्रवर्धनको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया