अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५
| Colorodo: 23:40
नोवेल कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जनालाई भर्ना गरिएको छ।
भर्ना भएका दुई जनामध्ये एक जना चीनबाट आएका र अर्का एकजना कोरियाबाट नेपाल फर्केका थिए। संक्रमित देशबाट फर्केका उनीहरु ज्वरो आएपछि आफै चेकजाँचका लागि अस्पताल पुगेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिनुभयो ।
चीन र कोरियाबाट फर्केका उनीहरु ज्वरो आएपछि अस्पताल गएको र संक्रमणको अशंकामा आइसोलेसनमा राखेर नमुना परीक्षणका लागि पठाइसकको बाँस्तोलाले बताउनुभयो ।