अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 14:58

मलेशियाका नयाँ प्रधानमन्त्री यासिनद्धारा सपथ ग्रहण

बिआरटीनेपाल २०७६ फागुन १८ गते ७:०५ मा प्रकाशित

मलेशियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । ९४ वर्षीय महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गर्नुभएको छ ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो । महाथिरले सर्वपक्षीय सरकार गठनका लागि गरेको प्रयास विफल भएको थियो । मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गर्नुभएको छ ।

मलेसियाका सुल्तानले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेपछि महाथिर र उहाँका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले आफुमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिनुभएको थियो । मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व प्रधानमन्त्री नजिब रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेशनल अर्गनाइजेसनका साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूहहरु रहेका छन् । नजिबले अहिले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू