अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७
| Colorodo: 14:52
पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुने सङ्ख्या ३० पुगेको छ। घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताउनुभयो ।
उक्त दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी निरिक्षकका अनुसार शुक्रबार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र सहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो।