अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 11:58

दिल्ली हिंसा, मारिनेको संख्या ३५ पुग्यो

बिआरटीनेपाल २०७६ फागुन १५ गते ७:१२ मा प्रकाशित

नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३५ पुगेको छ ।समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३५ पुगेको जनाएको हो ।

दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३३ जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ । चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी सयौं मानिस घाइते भएका छन् ।

नागरिकता संशोधन कानुनविरुद्ध सडक अवरुद्ध गर्न पुगेका प्रदर्शनकारीविरुद्ध उक्त कानुनको समर्थकहरु उत्रिएपछि आइतबार हिंसा भड्किएको थियो । त्यसयता भइरहेको प्रदर्शनमा मारिनेको संख्या बढ्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू