अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 11:57

इन्डोनेसियामा बाढी–पहिरोबाट १० हजार मानिस विस्थापित

बिआरटीनेपाल २०७६ फागुन १४ गते ७:२५ मा प्रकाशित

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट तीनओटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ ।

उहाँले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको जानकारी दिनुभएको छ । उहाँकाअनुसार जिल्लाका अतिप्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याईएकोे छ ।

पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपत्कालीन राहत सहायता प्रदान गरिएको छ । प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपत्काल घोषणा गरिएको पनि जानकारी दिनुभयो । प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताउनुभयो ।

इन्डोनेसियाको जलवायु विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीपसहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जानकारी दिनुभयो । विभागले बिहीवार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू