अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४
| Colorodo: 04:59
भारतको विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको सत्तारूढ आम आदमी पार्टी आपले बहुमत ल्याएको छ । तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी भाजपालाई धक्का दिँदै बहुमत ल्याएको हो ।
४० स्थानको मत परिणाम सार्वजनिक हुँदा आपले ३७ स्थानमा जित हासिल गरेको छ । अझै २५ स्थानमा आपले अग्रता हासिल गरेको भारत निर्वाचन आयोगले जनाएको छ । आपले २०१५ को निर्वाचनमा ६७ सिट जितेको थियो । निर्वाचन फ्रेब्रअरी ८ मा सम्पन्न भएको थियो । जसमा ६१ प्रतिशत मतदान खसेको थियो ।
अरविन्द केजरीवालको बहुमत ल्याएसंगै भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले सामाजिक सञ्जाल मार्फत बधाई समेत दिनुभएको छ ।