अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२
| Colorodo: 04:57
अमेरिकाले चीनले आफ्नो देशमा साइबर आक्रमण गरेको आरोप लगाएको छ ।चार जना चिनियाँ सैनिकले साइबर हमला गरेर संवेदनसिल डाटा चोरी गरेका आरोप लगाएको हो । साइबर हमलापछि सन् २०१७ मा १४ करोड अमेरिकी नागरिक प्रभावित भएका थिए ।
जसका कारण केही बेलायती र क्यानाडाका ग्राहकहरु पनि प्रभावित भएको अमेरिकाको दावी छ । अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीनले इतिहासकै सबैभन्दा ठूलो डाटा उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।
अदालतका अनुसार चार जना पीपुल्स लिबरेसन आर्मीको ५४ औं अनुसन्धान संस्थाका सदस्य हुन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाका नेटवर्किङ प्रणालीबाट व्यक्तिगत डाटा चोरी गरेको अमेरिकाको आरोप छ । तर आलोचकहरुले भने कम्पनीले आफ्नो सूचना प्रणाली चुस्त राख्न नसकेको र ह्याकिङको बारेमा सर्वसाधारणलाई जानकारी दिन ढिलाइ गरेको आरोप लगाएका छन् ।