अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

चीनबाट ल्याइने विद्यार्थीलाइ भक्तपुरको खरिपाटीमा राख्ने निश्चित

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:३१ मा प्रकाशित

कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि एक सय ९९ वटा क्वारेन्टाइन कोठा तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताउनुभयो । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिनुभयो ।

पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ । यद्यपि, चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने मिति भने निश्चित भइनसकेको मन्त्री ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय