अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३
| Colorodo: 05:18
चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गर्नुभएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।
चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो । यो भाइरसबाट अहिलेसम्म ४२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भाइरसको महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको विशेष टोलीले चीन पुगेर काम सुरु गरिसकेको छ । भाइरसको संक्रमण विश्वका २५ भन्दा बढी देशमा फैलिएको छ ।