अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९
| Colorodo: 04:54
चीनमा कोरोनाभाइरसका कारण एर्कदिनमा अहिलेसम्मकै सबैभन्दा बढी ९७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीन सहित अन्य दुई मुलुकमा गरि अहिलेसम्म ९ सय १० जनाको मृत्यु भएको छ । चीनका विभिन्न स्थानमा संक्रमित व्यक्तिको सङ्ख्या ४० हजार बढी पुगेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ । चीनको सरकारी तथ्याङ्कका अनुसार ३ हजार २ सय ८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ ।