अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 17:32

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग लगातार पराजित

बिआरटीनेपाल २०७६ माघ २६ गते ७:४४ मा प्रकाशित

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

यस अघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रन पराजित भएको थियो । नेपालको यो एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले यस अघि गत वर्ष यूएईविरुद्ध २ सय ४३ रनको लक्ष्य दिएको थियो ।

नेपाललाई पराजित गरेसँगै ओमान लिगको शीर्ष स्थानमा उक्लिएको छ । ओमानले ९ खेलमा १४ अंक जोडेको छ । नेपाल ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अब नेपालले सिरिजमा अमेरिकासँग खेल्नेछ । अमेरिका १० खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
लोकप्रिय