अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 01:50

‘कोरोनाभाइरस’बारे अमेरिकाले सहयोगभन्दा त्रास फैलाइरहेकोे चीनको आरोप

बिआरटीनेपाल २०७६ माघ २१ गते ४:३० मा प्रकाशित

चीनले प्राणघातक ‘कोरोनाभाइरस’बारे अमेरिकाले सहयोगभन्दा त्रास फैलाइरहेकोे आरोप लगाएको छ । अमेरिकाले स्वास्थ्य संकटकाल घोषणा गर्दै चीन भ्रमण गरेका सबै विदेशी नागरिक प्रवेशमा रोक लगाएपछि चीनले यस्तो आरोप लगाएको छ ।

पछिल्लो दुई हप्तामा चीन भ्रमण गर्नेहरुमा यो प्रतिबन्ध लागू हुनेछ । हुबेईबाट फर्कने अमेरिकी नागरिकले पनि अनिवार्यरुपमा १४ दिन ‘क्वारेन्टाइन’मा निगरानीमा बस्नुपर्छ । अमेरिकामा ११ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।

यसअघि, अमेरिकी व्यापार सचिव विल्बर रोसले कोरोनाभाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएपछि चीनले सहयोग गर्नुको सट्टा गलत उदाहरण स्थापना गरेको बताएको थियो । यता, संक्रमणको जोखिम बढेको भन्दै हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू