अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 02:06

अरब लिगद्धारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्य–पूर्व योजना अस्विकार

बिआरटीनेपाल २०७६ माघ २० गते १:०१ मा प्रकाशित

अरब लिगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्य–पूर्व योजनालाई पूर्ण रुपमा अस्वीकार गरेको छ । यो योजनाले शान्ति सम्झौता ननिम्त्याउने लिगले बताएको छ । अरब राष्ट्रहरुको छाता संगठन अरब लिगले एक वक्तव्य जारी गरेर भनेको छ , ‘प्यालेस्टाइनी जनताको न्युनतम अधिकार र सपनासमेत पुरा नगर्ने अमेरिकी–इजरायली पक्षले ल्याएको तथाकथित ‘शताब्दीको सम्झौता’लाई हामी मान्दैनौँ । ’

अरबी राज्यले ‘यो योजना कार्यन्वयन गर्नको लागि अमेरिकी प्रशासनसँग सहकार्य नगर्ने’ सहमती पनि गरेका छन् । इजरायले पनि सम्झौतालाई बलजफ्ती प्रयोग गर्न नहुने सङ्गठनले बतायो । तिनले दुई राज्य अवधारणालाई समर्थन गर्ने बताएका छन् । भावी प्यालेस्टाइनी राज्यको सिमाना सन् १९६७ को युद्धअघिको सिमाना अनुरुप हुनुपर्ने पनि संगठनले बताएको छ । युद्धमा इजरायलले वेस्ट ब्याङ्क, गाजाको ठूलो हिस्सा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको हो ।

तिनले पूर्वी जेरुसेलमन राजधानी हुने गरी भावि प्यालेस्टाइन राज्यको माग गरेका छन् । उक्त सत्रको माग प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहमद अब्बासले गर्नुभएको थियो । उहाँले अरबी राष्ट्रलाई ट्रम्पको योजनाविरुद्ध स्पष्ट प्रस्ताव ल्याउन आग्रह गर्नुभएको थियो । ट्रम्पले अघिल्लो हप्ता १८१ पृष्ठको मध्य–पूर्व प्रस्ताव ह्वाइट हाउसमा सार्वजनिक गर्नुभएको थियो । उक्त प्रस्ताव अनावरण गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ट्रम्पसँग उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू