संयुक्त अधिराज्य बेलायत युरोपेली युनियनबाट बाहिरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार राति स्थानीय समयानुसार ११ बजे भिडियो सम्बोधन मार्फत इयूबाट बाहिरिएको घोषणा गर्नुभएको हो ।
इयू छाडेको घडीलाई बेलायती प्रधानमन्त्रीले जोन्सनले नयाँयुगको बिहानीका रुपमा घोषणा गर्नुभएको छ । ब्रेक्जिटको पक्षमा मतदान गर्न शुक्रबार बेलायती सरकारको विशेष बैठक बसेको थियो । बेलायती लेबर दलका नेता जेरेमी कोर्बिनले इयूबाट बेलायत बाहिरिएपछि आन्तरिक विवादमा जान नहुनेमा जोड दिनुभएको छ ।
स्कटल्याण्डका नेताहरुले पनि बेलायत इयूबाट बाहिरिएको दिन महत्वपूर्ण मोड हुने बताएका थिए । संगठनबाट बाहिरिए पछि बेलायतको पार्लियामेण्ट स्क्वायरमा उत्सवको पनि आयोजना गरिएको थियो । यस क्रममा देशभर र्याली भइरहेको छ । केही र्यालीमा फैसलाको पक्षधर सहभागी छन् भने केही विरोधमा उत्रेका छन् ।
ब्रसेल्समा यूरोपेली संघको संस्थानबाट ब्रिटेनको झण्डा हटाइएको छ । तर यो परिवर्तनपछि पनि कैयौँ पुराना कानून पहिला जस्तै लागू हुने छन् ।