अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९
| Colorodo: 23:04
क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो । भूकम्पका कारण भवनहरु हल्लिएका थिए ।
तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन । अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए । सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो ।