अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

रेशमको चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान मुक्ति मोर्चाद्वारा आन्दोलन घोषणा

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०५ मा प्रकाशित

कैलाली क्षेत्र नम्बर–१ बाट निर्वा्चित सांसद रेशम चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग गरेको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरूले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाले माघ १४ गते प्रधानमन्त्रीलगायत विभिन्न दका नेताहरूलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरू विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षधरको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरेको छन्।

त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनशन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समीक्षा गरी अनिश्चितकालीन बन्द घोषणा गर्ने कार्यक्रमहरू मोर्चाले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय