अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६
| Colorodo: 07:01
कविता
उखान थियो, जुनै आए जोगी कानै चिरेका
तर आए नयाँ एक उनी कान नचिरेका
हो, उनी थिए कान नचिरेका
शिरमा रातो ढल्के टोपी पाउमा चप्पल
काँधमा कालो झोला छड्के भिरेका
कालो झोला देब्रे छड्के भिरेका
झोलामा केही थियो वा रित्तो
तर उनी भन्थे केही लिन होइन दिन हिँडेका
आफू केही लिन होइन दिन हिँडेका
दिए उनले एउटा के तन्त्रको मन्त्र
अनि आस्थाका ती पर्खालहरू गिरेका
पुरातन आस्थाका ती पर्खालहरू गिरेका
अनि खडा भएका अत्यलंकृत नयाँ महल
महान् उनी, तहाँ उनका दिन फिरेका
भव्य महलमा बिराज उनका दिन फिरेका
नयाँ जोगी उनी, उनका दिन फिरेका