अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 13:45

अस्ट्रेलियामा प्रधानमन्त्रीको बर्खास्तगीको मागसहित हजारौंको प्रदर्शन

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४३ मा प्रकाशित

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनको बर्खास्तगीको मागसहित हजारौं नागकिहरुले प्रदर्शन गरेका छन् । लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । अस्ट्रेलियाका विभिन्न सहरमा गरिउको प्रदर्शनका सहभागीले अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको चर्को आलोचना गरेका थिए ।

सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका सहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो । प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरुले स्वयंसेवक अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ती दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेक छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू