अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 08:38

इजरायलका प्रधानमन्त्री नेतान्याहूको शक्तिशाली नेताको छवी कायमै

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:३८ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दलभित्रको मतदानमा आफूले जीत हासिल गरेको दावी गनुृभएको छ । पार्टीका एक लाख १६ हजार मतदान गर्न योग्य मतदातामध्ये ४१ प्रतिशतले गरेको मतदानमा आफूले जीत हासिल गरेको नेतान्याहूले बताउनुभयो ।

सत्तारुढ दलभित्रको निर्वाचनलाई कठिनाइ भइरहेका बेला उक्त मतदानलाई परीक्षणका रुपमा हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नेतान्याहूलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । नेतान्याहू पछिल्लो एक बर्षभित्र तीन वटा राष्ट्रिय निर्वाचनको सामना गर्ने प्रधानमन्त्री बन्नुभएको छ ।

यसअघि अप्रिल र सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा लिकुड पार्टीले ब्लू एण्ड ह्वाइट पार्टीका तर्फबाट गतिरोध सामना गर्नुपरेको थियो । दुवै दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू