अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 19:50

प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:२१ मा प्रकाशित

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार छान्न नसकेपछि प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो ।

आज १ बजेको लागि बोलाईएको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित गरिएको छ । अब अर्को बैठक पुस १६ गते बस्ने छ । नेकपामा कसलाई सभामुख बनाउने भन्ने सहमति जुटिसकेको छैन । सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान सभामुख कसलाई बनाउने भन्नेबारे छलफल भए पनि उम्मेदवारको नाम भने टुङ्गिएको छैन ।

नेकपामा सुवासचन्द्र नेम्वाङ र बर्तमान उपसभामुख डा शिवमायाँ तुम्बाहाम्फेको नाम चर्चामा छ । यसअघि अग्नि सापकोटा तथा देव गुरुङको नाम चर्चामा रहे पनि अब नेम्वाङ वा तुम्बाहाम्फे मध्ये एकको सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू